त्रिवेणी गाउँपालिकामा व्यावसायिक रोजमेरी खेती

रुकुम– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले व्यावसायिक रोजमेरी खेतीको सुरुवात गरेका छन् । पछिल्लो समय अन्नबालीभन्दा नगदेबालीबाट राम्रो आम्दानी गर्न सकिने भन्दै व्यावसायिक रोजमेरी खेती गरेका हुन् ।

जिल्लाको त्रिवेणी गाउँपालिकाका किसानले औषधिजन्य गुण भएको रोजमेरी खेतीलाई व्यावसायिक खेतीका रूपमा अंगालेका छन् । बाँझो जमिनमा समेत खेती गर्न सकिने रोजमेरीबाट प्रशस्त आम्दानी हुने भएकाले त्रिवेणीका २० भन्दा बढी घरपरिवारले रोजमेरीको व्यावसायिक खेतीको सुरुवात गरेका छन् । त्रिवेणी गाउँपालिकाका ५ वटा वडाका केही किसानले मात्र रोजमेरी खेतीलाई नगदेबालीको रुपमा व्यवसायीक खेतीतर्फ विस्तार गर्न लागेको बताएका छन् ।

केही वर्ष अघिबाट परिक्षणको रुपमा खेतबारीमा लगाइएको रोजमेरी यहाँको हावापानीमा उपयुक्त देखिएकाले हाल उत्पादनयोग्य जमिनमा सुरु गरिएको व्यवसायिक रोजमेरी खेतीबाट राम्रो आम्दानी गर्न सकिने स्थानीय कृषक हरिबहादुर खड्काको भनाइ छ ।

त्रिवेणीका २० घरपरिवाले यस वर्षदेखि आआफ्नो खेतबारीको १० रोपनी भन्दा बढी जमिनमा औषधीजन्य रोजमेरी खेती गरिएको जनाएका छन् । रोजमेरीबाट आयुुर्वेदिक गुण भएको औषधिजन्य तेल उत्पादन हुने र त्यसको नियमित प्रयोगले मानव शरिरलाई फाइदा पुग्ने जनविश्वास छ । तर, रोजमेरी प्रशोधनका लागि गाउँमा आधुनिक प्रशोधन केन्द्र र सामग्री नहुँदा किसानलाई चिन्ता थपिएको छ ।

गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले भने रोजमेरी लगायत विभिन्न तरकारीबाली र फलफूल उत्पादनका लािग पकेट र ब्लग क्षेत्र घोषणा गरेर कृषि र पशुपालन क्षेत्रको विकासमा लागि गाउँपालिकाले बृहत योजना र कार्यक्रम बनाउने बताए ।

त्रिवेणी गाउँपालिकाका २० घरपरिपारले व्यवसायिक रुपमा गरेको रोजमेरीबाट राम्रो आम्दनी गर्न सकिने संभावना भएपनि यसको बजारीकरण र निर्यातमा समस्या भएको बताएका छन् । रोजमेरीको तेल प्रतिलिटर ७ हजार रुपैयाँसम्म पर्ने किसानको भनाइ छ ।

You might also like

Leave A Reply

Your email address will not be published.