कृषिमा विदेशी लगानी खुला गर्ने सरकारको निर्णय, निजी क्षेत्रकाे विरोध

केपी अाेली मन्त्रिपरिषद्

काठमााडौं– सरकारले कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले प्रतिबन्ध गरेपनि मन्त्रिपरिषदबाट निर्णय गरी सरकारले विदेशी लगानी खुला गर्ने निर्णय गरेको हो।

शर्तसहितको विदेशी लगानी खुला गर्ने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिनुभयो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा ३ को उपदफा २ अनुसारको अनुसूचीमा विदेशी लागनी प्रतिबन्ध लाग्ने क्षेत्रका बारेमा उल्लेख गरिएको छ।

अनुसूचीमा पशुपन्छी,माछा र मौरी पालन, तरकारी,तेलहन,दलहन,दुग्ध व्यवसायमा विदेशी लगानी स्वीकृत नगरिने उल्लेख गरिएको छ। त्यस्तै कृषिका अन्य प्राथमिक उत्पादनका क्षेत्रमा पनि विदेशी लगानि स्वीकृत नगर्ने व्यवस्था गरिएको छ।

उक्त ऐन निर्माणका क्रममा कृषिमा विदेशी लगानी खुला गर्ने वा नगर्ने भन्ने विषयमा लामो समयसम्म छलफल भएको थियो। विशेषगरी दुग्ध तथा डेरी व्यवसायीहरुले विदेशी लगानीको चर्को विरोध जनाएका थिए।

नेपालमा कृषिमा विदेशी लगानी ल्याउने वा नल्याउने भन्ने विषयमा विवाद हुँदै आएको थियो ।

नेपालमा विदेशी प्रविध आउने तथा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नेलाईमात्र लगानीका लागि स्वीकृत दिने व्यवस्था गरिएकाले सरकारको नियतमा कुनै पनि शंका गर्न नहुने मन्त्री भट्टले बताउनुभयो ।

निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले भने कृषिमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णय शंकास्पद भएको आरोप लगाएका छन्।

२ वर्षअघि ऐनबाट प्रतिबन्ध लगाएको लगानी अहिलेको तरल राजनीतिक अवस्थामा एकाएक सरोकारवालाहरुसँगको छलफल नगरी लगानी खोल्ने सरकारी निर्णय पारदर्शी नभएको उनीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विज्ञप्ति जारी गर्दै व्यापक छलफल तथा बहसबाटमात्र यस्तो निर्णय लिनुपर्ने राय व्यक्त गरेका छन्।

 

You might also like

Leave A Reply

Your email address will not be published.