यसरी लगाउन सकिन्छ एभोकाडो खेती

नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । एभोकाडोलाई नेपालीमा ‘घिउ फल’ भनिन्छ ।

मध्ये अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो । यो फलको बैज्ञानिक नाम ‘पेर्से अमेरिकाना हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ ।

समुन्द्र सतहबाट २५०० मिटरसम्म यो खेती गर्न सकिन्छ । पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाजनक तत्व हुने बताएका छन् ।

पश्चिम नेपालमा एभोकाडोको ब्यसायीक खेति

संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।

नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन् । पाखा, खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ ।

नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल)सम्म फल्न सक्छ । तर नेपालका विभिन्न ठाउँमा एभोकाडो फलेको पाइएपनि नेपालीहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ।

यो खेति कसरी लगाउने ?

समुन्द्र सतह बाट २५०० मिटर सम्म यस्को खेती गर्न सकिन्छ । माटोको पी एच ५.५ देखि ५.६ भएको ठाउँमा राम्रो हुन्छ ।
३ फिट लम्बाई र ३ फिट चौडाईको खाडल खन्नु पर्छ । १ ः १ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा लाई सार्नु पर्दछ ।

बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ । रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ । बिरुवा सरीसकेपछि हप्ताको एक पटक पानी दिए पुग्छ । बिरुवा रोपेको तल तरकारी वा कोशेबाली रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ ।

रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ । बिरुवा रोपेको ३ देखि ५ बर्षमा फल फल्ने गर्छ । फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ । साउनदेखि कात्तिक–मंसिरसम्म उत्पादन लिन सकिने यो फलको मुख्य सिजन भने भदौ–असोज हो ।

एभोकाडोको बजार अवस्था

एभोकाडो बिदेशमा प्रतिकेजी १ हजार रुपैयाँ पर्छ ।

नेपालमा एभोकाडो ३ सयदेखि ५०० प्रति केजीसम्म गुणस्तर अनुसार बिक्री हुने गरेको छ ।

अत्याधिक पोषक, उच्च रक्तचाप हुनेलाई बरदान साबित
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई सबैले खान सकिन्छ ।

पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।

एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमोेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्ने अनुसन्धानले भनेको छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुलाई अत्यन्तै फाइदाजनक रहेको छ ।

फाइबरको अधिक मात्राले तौल नियन्त्रण

फाइबर अर्को एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।

यस्तै, एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्छन् जसले आँखालाई स्वस्थ राख्न मद्त गर्छ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ ।

पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ । एक दिनमा एउटा एभोकाडो खानेगरेमा कोलेस्ट्रोल हराएर जाने जानकारहरु बताउँछन् ।

You might also like

Leave A Reply

Your email address will not be published.