कुखरापालक किसान आन्दोलनमा

काठमाडौं । कुखरापालन गरिरहेका किसानहरु आन्दोलनमा उत्रिएका छन्। कुखुरापालन गर्दै आएका किसानहरुले राष्ट्रिय कुखुरापालन किसान ह्याचरीहरुले कार्टेलिङ गर्दै चल्लाको भाउ एकाएक बढाएपछि उनिहरु आन्दोलन गर्न काठमाडौं आइपुगेका हुन्।

राष्ट्रिय कुखरा पालक किसान संघर्ष समिति बनाएर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । संघर्षमा उत्रिएका उनीहरुले कडा आन्दोलनको चेतावनीसहित वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग पुगेका छन् ।

माघ तेस्रो हप्तामा ह्याचरीहरुले एउटा चल्लाको भाउ ३० रुपैयाँले बढाएको र आम कुखुरा पालक किसानको मूल्य निर्धारण गर्ने हक कुण्ठित गरेको भन्दै उनीहरुले आपति जनाएका छन्।

कुखुराको मासु सस्तिएपछि ह्याचरीहरुले चल्ला मारेका थिए। त्यसपछि उनीहरुले चल्लाको भाउ बढाएर किसानलाई दिएका थिए। सिमित ह्याचरीहरुले चल्लाको भाउ बढाएपनि किसानले पाउने लाभमा भने खासै फरक परेको छैन।

एकातिर चल्लाको भाउ बढाउने अर्कोतिर किसानबाट कुखुरा पनि सस्तोमा खरिद गर्न खोज्ने प्रवृत्ति बढेको र यसबाट किसान मारमा परेको उनीहरुको गुनासो छ।

ह्याचरीको कार्टेलिङमाथि छानविन गरी किसानको हित हुनेगरी काम गरिदिन सरकारसमक्ष माग राखेका छन्। राष्ट्रिय कुखुरापालक संघर्ष समितिका संयोजक विष्णु खड्काले विभिन्न मागसहतिको ज्ञापनपत्र बुझाउने बताउनुभयो।

You might also like

Leave A Reply

Your email address will not be published.