रंगशाला बनाउन पोल्ट्री ब्यवसायीले गरे एक करोड सहयोग

चितवन । चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवनको पोल्ट्री व्यवसायीहरुले सहयोग गरेका छन् ।

रंगशाला निर्माणका लागि सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा चितवनको पोल्ट्री व्यवसायीहरुको तर्फबाट नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र बिष्टले एक करोड सहयोगको घोषणा गर्नु भएको हो । बिष्टले महायज्ञस्थलमा ५० लाख नगद प्रदान गर्नु भएको छ भने बाँकी रकम छिट्टै उपलब्ध गराउने बताउनुभयो ।

जारी महायज्ञमा माघ २४ गते मात्रै ५ करोड बढी रकम संकलन भएको मुल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । महोत्सवको पाँचौ दिन सहयोग गर्ने दाताहरुको घुइँचो लागेको थियो । महोत्सवमा विहीबार जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको सुवेदीले जानकारी दिनुभयो ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.