माओवादीका पूर्वसभासद पाडापालन ब्यवसायमा

रौतहट । पहिलो संविधानसभाका सभासद् देवेन्द्र पटेल पशुपालन व्यवसायमा लाग्नु भएको छ । रौतहटको ६ नम्बर क्षेत्रबाट पहिलो संविधान सभामा निर्वाचित सभासद् पटेलले ब्यवसायिक रुपमा पशुपालन थाल्नु् भएको हो । पटेलले विश्रामपुर गाविस ८ बलेरी गाउँमा पशु फर्म सञ्चालन गरी व्यवसायिकरुपमा पाडा र बाख्रा पालन गर्दै आउनु भएको छ ।

उहाँको फर्ममा ५४ वटा पाडा र र एकसय भन्दा बढी खसीबाख्रा रहेका छन् । धनुषाको महेन्द्रनगर, जिल्ला कै गरुडा बजार, सर्लाहीको बरहथवा बजार बाट पाडाहरु खरीद गरी पालन गर्दै आउनु भएको छ ।

पार्टीको काम सँगै केही उत्पादनमुखी काम गर्ने समेत मनसायले पशु पालन शुरु गरेको पटेलले बताउनुभयो । पाडाको मासुको बजारमा माग बढेको देखेर उहाँले यो पेशा अंगालेको बताउनुभयो ।

सात हजारमा खरिद गरेको पाडा एक बर्ष पाल्दा ३० हजारसम्ममा बिक्री हुने गरेको छ । दशैँ कुर्वानी तथा होलीपर्वलाई लक्षित गरी नेता पटेलले पाडाको साथै खसीबोका पाल्न थाल्नु भएको हो ।

पटेलको फर्ममा स्थानीय जात र जमुनापारी जातका खसीबोका रहेका छन् । महिनामा १० देखि १५ वटा खसीबोका बिक्री हुने गरेको उहाँको भनाइ छ । बैंक बाट ४० लाख ऋण लिएर पटेलले पशुपालन शुरु गर्नु भएको थियो । पशु बीमा गरेकाले लगानी जोखिम नरहेको उहाँको भनाइ छ । उहाँको फर्ममा चार जनाले रोजगारी पाएका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.