नगरपालिकामा पशु मृत्युको करः कसैलाई १५ सय, कसैलाई १२ सयसम्म !

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ का किसान ध्रुवकुमार श्रेष्ठले आफ्नो गोठमा रहेको गाई मरेपछि बीमा कम्पनीलाई क्षतिपूर्ति दाबी गर्नका लागि सिफारिस लिन वडा कार्यालय पुगे । वडा कार्यालयले सिफारिस स्वरुप श्रेष्ठसँग १५ सय रुपैयाँ लियो । श्रेष्ठको गाई असोज २८ गते मरेको थियो ।

त्यसको दुई सातापछि सोही वडाकै अनु कृषि तथा पशुपालन फार्मकी सञ्चालन संगीता तिमिल्सिनाले भैंसी मरेको सिफारिस लिन जाँदा भने सिफारिस दस्तुरमार्फत १२ सय रुपैयाँ तिर्नुपर्यो । तिमिल्सिनाले बीमा कम्पनीलाई क्षतिपूर्तिका लागि मृत्यु सिफारिस लिँदा यतिधेरै दस्तुर लिनु उचित नभएको भन्दै विरोध गरिन् तर त्यसको सुनुवाई भएन । कार्यालय सहयोगी जीवन राईले १२ सयको रसिद भिराएपछि तिमिल्सिनाले मोटो रकम तिर्न बाध्य भइन् ।

नगरपालिकाकै नियमअनुसार भन्दै पशु मृत्यु सिफारिसस्वरुप मोटो रकम लिनु उचित नभएको भन्दै तिमिल्सिनाका श्रीमान नारायण पंगेनीले मृत्यु सिफिारिस रसिद सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरिदिए । सामाजिक सञ्चालमा नगरपालिकाप्रति निकै आलोचना भयो । विभिन्न मिडियामा समाचार प्रकाशित पनि भयो । विभिन्न मिडियामा समाचार आएपछि कावाासोती १४ का वडाध्यक्ष जीतबहादुर महतोले मृत्यु सिफारिस दस्तुर लिनु गलत भएको भन्दै सच्चाउने प्रतिवद्धता जनाएका छन् ।

किसानहरुलाई प्रोत्साहन गर्नुको सट्टा पशु मृत्युको सिफारिसका नाममा मार पर्ने गरी रकम लिनु उचित नभएको बताइन् । एउटै मुद्दामा आफूलाई त्यो भन्दा भढी दस्तुर लिएको भन्दै अर्का किसान श्र्ेष्ठले रोष प्रकट गरे ।

वडाअध्यक्ष जीतबहादुर महतोले भने नगरपालिकाको निर्णयअनुसार नै दस्तुर लिएको तर त्यसलाई आगामी दिनमा सच्याएर लैजाने पत्रकार रबी लामीछानेसँग बताए ।

नगरपालिकाको सभाले पास गरी निकालेको निलो किताबमा मुचुल्काबापत १ हजार र सिफारिसबापत २ सय तोकिएको भए पनि प्रकृति उल्लेख नभएको कारण किसानलाई मार परेको नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनीयाले बताए । आगामी दिनमा किसानसँग छलफल गरी सच्याएर लैजाने उनको भनाइ थियो।

You might also like

Leave A Reply

Your email address will not be published.