अबको आफ्नो अभियान कृषि विकासः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका नेकपाका बैचारिक नेता घनश्याम भुसालले अबको आफ्नो अभियान कृषि विकास नै रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

नेकपा भित्रका बैचारिक नेताका रूपमा पहिचान बनाएका भुसालले अबको आफ्नो अभियान कृषि विकास नै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त नगरी हाम्रो सम्पूर्ण राजनीतिक परिवर्तनको, क्रान्तिको अर्थ रहँदैन,” उहाँले भन्नुभयो, “संघीय लोकतान्त्रिक अर्थतन्त्रको अर्थतन्त्रलाई थेग्ने आधार भनेको परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्नु नै हो ।”

आफूले बौल्दै आएको, बहस चलाउदै आएको विषय कृषिसँग नै सम्बन्धित रहेको भन्दै उहाँले कृषि विकासमा निश्वार्थ भावले लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले आफूलाई लोभले प्रभावित हुन्न होला र डरले प्रभावित नभइ काम गर्ने र कृषिका नयाँ कुरा सिक्दै अगाडि बढ्ने बताउनुभयो ।

कृषिमन्त्री रहनुभएका पूर्व माओवादी केन्द्रका नेता चक्रपाणी खनालको स्थानमा रूपन्देहीका भुसाल नियुक्त भएसँगै बिहीबार सपथपछि पदभार ग्रहण गर्नु भएको थियो । ।

You might also like

Leave A Reply

Your email address will not be published.