बाख्राको पकेट क्षेत्रमा सरकारी अनुदान

पोखरा । गण्डकी प्रदेश सरकारले कास्कीको मौजालाई बाख्राको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ खोर र नश्ल सुधारका लागि किसानलाई रु २० लाख अनुदान प्रदान गरेको छ ।

सरकारबाट खोर सुधारका लागि रु १० लाख र बोयर जातको स्रोत केन्द्र निर्माणका लागि राष्ट्रिय पशु प्रजनन केन्द्र लामापाटन भेडीफर्मबाट तीन वटा बेयर जातका बोकासहित रु १० लाख बराबरको अनुदान प्राप्त भएको कृषि सहकारीका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

मुलुकमा भएको परिवर्तनसँगै सिंहदरबारको अधिकार घरघरमा भन्ने गरिए पनि सरकारबाट प्रदान गरिने अनुदान लिने प्रक्रिया झन्झटिलो भएको कारण अहिले पनि वास्तविक किसान पहुँचभन्दा टाँढा रहेको सामूहिक धारणा छ ।

You might also like

Leave A Reply

Your email address will not be published.