कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्र दमौलीको सम्पर्क इकाई नवलपुरमा
नवलपरासी । कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र दमौलीको सम्पर्क इकाइ नवलपुरमा स्थापना गरिएको छ ।
देश संघीयतामा गएपछि जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय विघटन गरी कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रहरु स्थापना गरिएको छ । टुक्रिएको पूर्वी नवलपरासीलाई पनि दमौली केन्द्रले हेर्दै आएको थियो ।
नवलपुरका किसानलाई पायक नपर्ने भन्दै नवलपुरमा सम्पर्क ईकाई स्थापना गरिएको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराका सचिव दुर्गा प्रसाद दवाडीले बताउनुभयो ।
नवलपुरको कावासोती नगरपालिका ८ मा दुवै कार्यालयको सम्पर्क इकाइ कार्यालय स्थापना गरिएको छ । केन्द्र सम्पर्क इकाइ कार्यालयको प्रदेश ४ का सांसद रोशनबहादुर गाहाले शुक्रबार उद्घाटन गर्नु भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सांसदहरु विष्णु लामिछाने, जनकलाल श्रेष्ठ, ओमकला गौतम, कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुन, कृषि बिकास निर्देशनालय गण्डकी प्रदेशका डा. शान्ता कार्की, नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की लगायतको उपस्थिति थियो ।