नेपालमा उत्पादन भएको तरकारी कतार पुग्यो

काठमाडौं । नेपालको तरकारी कतार निर्यात हुन थालेको छ। नेपालको पहाडी भूभागमा उत्पादित स्थानीय स्वादका बिषादी रहित मौसम अनुसारको तरकारी र फलफूलहरु केही दिनअघिदेखि कतार निर्यात हुन थालेको हो ।

तितेकरेला, परबल फर्सी, हरियो खुर्सानी, अकबरे खुर्सानी, तोरी, मुला, रायोको गुन्द्रुक, सिन्की, मस्यौरा, जंगली निउरो, नेपाली माल्दा आप, लिची, फर्सीको मुन्टा, रामतोरिया, मुला, काक्रो ,खाद्य मसला,अचार लगायतका सामान पहिलो पटक कतार निर्यात गरिएको हो ।

कतार निर्यात भएका तरकारीहरु हाललाई सनैयास्थित सफारी मल, ग्रान्ड मल र नज्मास्थित सम्पूर्ण सुपर मार्केटहरुमा उपलब्ध रहेको छ। नेपालबाट विभिन्न कृषि सहकारी मार्फत सिधै कृषकको फार्मसम्म सम्पर्क गरि तरकारी तथा फलफूलको व्यवस्थापन गर्ने कम्पनी अल समन इन्टरनेसनल प्रालि र कतारस्थित अल समन ग्लोबल ट्रेडिङ्को सहकार्यमा तरकारी निर्यात हुन थालेको हो ।

हाल हवाई मार्गबाट ल्याउनु पर्ने भएकाले त्यसै अनुरुप न्युनतम दरमा नेपाली कृषिलाई प्रोत्साहन गर्ने गरि निर्यात गरिने कम्पनीले बताएको छ । हालसम्म नेपाल सरकारबाट यस बिषयमा कुनै सहयोग नपाएको र सबै व्यक्तिगत प्रयासमा काम थालिएको अल समन ग्लोबल ट्रेडिङ् कम्पनीका सीइओ समन घिमिरेले बताउनुभयो ।

सरकारले ढुवानी शुल्कमा शहुलियत र निर्यात प्रकृयामा केही सहजता गरिदिने हो भने आगामी १ बर्ष भित्र अरु केही देशमा कृषिजन्य उत्पादन निर्यात गरी नेपाली किसानलाई आत्मनिर्भर गराउने र नेपाली कृषि उत्पादनलाई विश्व बजारमा चिनाउने कम्पनीको योजना रहेको छ ।

घिमिरेका अनुसार आगामी केही बर्ष कम्पनी नाफामुलक भन्दा सेवा र उत्पादनमुलक कार्यमा लाग्नेछ । कतारको अनुभवले निकट भबिस्यमा अन्य खाडी राष्ट्र र यूरोपियन राष्ट्रहरुमा कृषि उपादन निर्यात गर्न सहज हुने उहाँको विश्वास छ ।

नेपाल राजदुतावास कतार तथा कतार राजदुतावास नेपालबाट भने निरन्तर सहयोग प्राप्त भएको भन्दै कतारका लागि निबर्तमान नेपाली राजदुत डा रमेश कोइराला र नेपालका लागि कतारी राजदुद युसुफ बिन मोहम्मद अल(हैलबाट प्राप्त सहयोग, सद्भाव र प्रेरणाले उर्जा मिलेको घिमिरेले बताउनुभयो ।

यो व्यापार भन्दा पनि दुई देशबीच आपसी सम्बन्ध मजबुत गराउने कडीको रुपमा सुरुवात गरिएको हुनाले नेपाल राजदुतावास कतार तथा कतार राजदुतावास नेपालबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

You might also like

Leave A Reply

Your email address will not be published.