कृषि क्षेत्रमा बजेट कम भएको भन्दै कृषिमन्त्रीकै असन्तुष्टि

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गर्नुभयो ।

मन्त्री खनालले बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको बताउनुभयो ।

आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको गुनासो गर्नुभयो ।

‘किसान बर्गीकरण कार्यक्रम अन्तरगत किसानलाई पेन्सन दिने प्रस्ताव गरिएको थियो’, मन्त्री खनालको भनाई थियो,‘तर त्यसलाई बजेट वक्तव्यमा समावेश गरिएन ।’

मन्त्री खनालले सरकारले आगामी २ वर्ष भित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दावी गर्नुभयो ।

You might also like

Leave A Reply

Your email address will not be published.