दूधमा गुणस्तरीय सुधार डीडीसीबाट गर्नुपर्छः कृषिमन्त्री खनाल

दूध सुरक्षित राख्ने मोबाइल रेफिजेरेटेड भ्यान सञ्चालनमा

भक्तपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाली दूधमा गुणस्तर नभएको गुनासो आएकोले त्यसको सुधार सरकारको मातहतमा रहेको डीडीसीबाट शुरु गर्नुपर्ने बताएका छन् ।

खरिपाटीस्थित खरिपाटी डेरी प्रालीले सञ्चालनमा ल्याएको ‘मोबाइल रेफ्रिजेरेटेड भ्यान’ को विहीबार उद्घाटन गर्दै उनले गुणस्तरीय उत्पादन र निर्यातमुखी बजारमा राज्यले ध्यान दिनुपर्ने बताए ।

निर्यातमुखी मात्रै हुँदा देश कङ्गाल हुने अवस्थामा पुग्ने भन्दै उनको भनाइ छ ।

दूधको उत्पादन बढाउन आग्रह गर्दै मन्त्री खनालले सरकारले कृषकलाई मारमा पार्न नदिने बताए । दूधमा सुधार ल्याउन जारी भएको डेरी निर्देशिकालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याइने मन्त्री खनालले उल्लेख गरे ।

खनालले नेपाली जनतालाई कृषिमा आत्मनिर्भर र स्वावलम्बी बनाउन राज्यले एउटा छुट्टै नीति बनाउनुपर्ने बताएका छन् ।

कृषिमा आत्मनिर्भर बनाउन नीति आवश्यक

कृषि क्षेत्रको उत्पादनलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा मन्त्री खनालले जोड दिए । उनले नेपालको उत्पादन प्रणाली परम्परागत, निर्वाहमुखी र काम चलाउ भएको बताए । नेपाली किसानलाई मारमा पार्ने गरि कुनै पनि विदेशी वस्तु निर्यात गर्न नहुने उनको भनाइ थियो ।

नेपालबाट रु छ अर्बको गुणस्तरीय अलैँची विभिन्न देशमा निर्यात भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले दूध विक्रीवितरणलाई व्यवस्थित गर्न डेरी निर्देशिका ल्याइएको बताए ।

खरिपाटी डेरीका कार्यकारी निर्देशक विश्वराम खड्काले डेरीले अहिले दैनिक १४ हजार लिटर दूध प्रशोधन गरिरहेको जानकारी दिए । रु ८० लाखको लागतमा दूध सुरक्षित राख्ने मोबाइल रेफिजेरेटेड भ्यान सञ्चालनमा ल्याइएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.