२६ लाखसम्म अनुदानका लागि १ सय ७५ फर्म छनोट (नामावलीसहित)

पोखरा । गण्डकी प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपंक्षी मोडल फर्म सञ्चालनका लागि २६ लाखसम्म अनुदानका लागि १ सय ७६ फर्म छनोट गरेको छ ।

कृषि मन्त्रालय प्रदेश सरकारले सूचना प्रकाशित गर्न अनुदानमा छनोट भएका फर्मको नाम सार्वजनिक गरेको छ । गण्डकी प्रदेशका १० जिल्लालाई समेट्ने गरी साझेदारीमा मोडेल फर्म स्थापना गर्न प्रदेश सरकारले चार महिनाअघि आवेदन माग गरेको थियो ।

मोडल फर्म सञ्चालनार्थ अनुदानका लागि गण्डकी प्रदेशबाट २ हजार १ सय ४० आवेदन परेको कृषि मन्त्रालयले जनाएको छ । जसमध्ये ठूलो परियोजनाको फर्म सञ्चालन गर्न ९ सय ९७ आवेदन परेकामा १ सय ७५ फर्म छनोट भएको कृषि मन्त्रालयकी सूचना अधिकारी ज्योति क्षेत्रीले बताइन् । छनोटमा परेका फर्महरु मध्ये विभिन्न १० विधाका छन् ।

भैंसीपालनतर्फ २३ वटा फर्म अनुदानका लागि छनोटमा परेका छन् भने गाईपालनतर्फ २३, तरकारी खेतीतर्फ २२, एकीकृत कृषि तथा पशुपालनतर्फ १५, बाख्रापालनतर्फ २३ वटा फर्म छनोटमा परेका छन् ।

यस्तै, फलफूल ब्यवसायतर्फ १३, कुखुरा ब्यवसायतर्फ १९, चियाकफि मसलाबाली तथा नगदेबालीतर्फ ५, बंगुरपालनतर्फ १६ र मौरीपालन र च्याउ ब्यवसायतर्फ १६ वटा फर्म अनुदानका लागि छनोट भएका छन् ।

छुट्टाछुट्टै विधामा अनुदान रकम फरक फरक रहेको छ । भैंसीपालन र गाईपालनतर्फ २६ लाख रहेको छ भने तरकारी खेति १२ लाख, एकीकृत कृषि तथा पशुपालन, बाख्रापालन र बंगुरपालनतर्फ २० लाख, फलफूलखेति ब्यवसायतर्फ १५ लाख, कुखुरापालनतर्फ १८ लाख ६० हजार, कफिचिया मसालबालीमा १० लाख २० हजार, मौरीपालन र च्याउ ब्यवसायतर्फ १० लाख अनुदान छुट्याइएको छ । सो अनुदान रकममा ५० प्रतिशत ब्यवसायीको लगानी रहने गरी सम्झौता गरिने मन्त्रालयले जनाएको छ ।

छनोटमा परेकाहरुलाई बैशाख २ गतेभित्र अनुदानमा परेको रकम बराबरको संक्षिप्त योजना प्रस्ताव अनिवार्य पेश गर्नुपर्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

हेर्नुहाेस् नामावली ः

You might also like

Leave A Reply

Your email address will not be published.