तनहुँ र नवलपुरका ५१ जनालाई अनुदान

पोखरा । गण्डकी प्रदेश भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा मोडल फर्म स्थापनाका लागि माग गरिएका प्रस्ताव मध्ये नवलपुर र तनहुँ जिल्लाबाट ५१ जनाले अनुदान पाउने भएका छन् ।

साना मोडल फर्मका लागि रु १० लाख सम्मको कार्यक्रममा दुई जिल्लाबाट ५१ जनाको नाम प्रकाशन गरिएको हो । ती मध्ये ४५ जनासँग सम्झौता भइसकेको पशु तथा भेटेनरी ज्ञान केन्द्र तनहुँका प्रमुख बालकुमार श्रेष्ठले कृषि क्रान्तिलाई जानकारी दिए ।

प्रदेश सरकारले कृषि, पशुपंक्षी तथा मत्स्य मोडल फर्म स्थापनाका लागि परियोजना प्रस्ताव माग गरेको थियो ।

परियाजनाको पहिलो वर्षको प्रस्तावित लागत रु १० लाख सम्मको साना मोडल फर्म, रु १० लाख माथि ब्यवसाय उन्मुख मोडल फर्म, रु २५ लाख माथि ब्यवसायीक मोडल फर्म र रु ५० लाख माथि उद्यमी मोडल फर्म गरी ४ किसिमका वर्गिकरण गरिएको थियो ।

साना मोडल फर्मका लागि अनुदान सम्झौता पछि लगत्तै ब्यवसाय उन्मुख मोडल फर्मका लागि निर्देशनालयबाट छनोट गरिने श्रेष्ठले जानकारी दिए ।

You might also like

Leave A Reply

Your email address will not be published.