ब्यवसायी भन्छन्– कृषिमा विदेशी लगानी आपत्तिजनक

कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने प्रस्ताव

काठमाण्डौ । उद्योगी व्यवसायीहरुले कृषि लगायत घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने सरकारको तयारी आपत्तिजनक रहेको ब्यवसायीहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले नेपाली उद्योगी आफै समक्ष भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी नभित्र्याउन सरकारसँग मागसमेत गरे । नेपालको उद्योग नै विस्थापित हुने र नेपालमा बेरोजगारी समस्या झनै बढेर जाने भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी आवश्यक नरहेको उनको तर्क छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकोे चैत १ गतेको बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै सभापति श्रेष्ठले साना उद्योग विस्थापित हुने भएकाले यसमा विदेशी लगानी ल्याउने कानुनी व्यवस्था गर्न नहुने पनि स्पष्ट पारे । विधेयकमा कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने प्रस्ताव गरिएकोमा उद्योगी व्यवसायीहरुको आपत्ति छ ।

यता, विज्ञहरुले भने नेपाली उद्योग विस्थापित नहुने गरी विदेशी लगानी भित्र्याउँदा आपत्ति मान्नुपर्ने अवस्था नरहेको धारणा राखेका थिए । अर्थविद् एवम् पूर्व राजदूत डा. शंकर शर्माले डेरी उद्योगमा विदेशी लगानी भित्रयाउँदा किसानहरुलाई प्रविधिसमेत भित्रिने भएकाले समस्या नहुने तर्क गरे । उनले कुखुरा पालनामा भने विदेशी लगानी ल्याउन नहुने गरी कानुन बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिए ।

पूर्व उद्योग सचिव पुरुपोत्तम ओझाले नेपालको राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर विदेशी लगानी भित्र्याउनुपर्ने स्पष्ट पारे । उनले विदेशी लगानी नेपालका लागि आवश्यक रहेकोतर्फ पनि सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराए ।

विधेयकमा माछा पालन, मौरी पालनमा नेपाल आफै सक्षम रहेको उल्लेख गर्दैै त्यसमा भने विदेशी लगानी आवश्यक नरहेको उल्लेख गरिएको छ । खासगरी पछिल्लो समय उत्तरी छिमेकी मुलुक चीनले विभिन्न प्रदेशका सरकारसँग गाईपालन लगायतका विषयमा सम्झौता गरेपछि ब्यवसायीहरु चनाखो भएका हुन् । विदेशबाट ठूलो लगानीका फार्महरु सञ्चालन गरिएपछि साना किसानहरु मारमा पर्ने उनीहरुको भनाइ छ ।

यो पनि पढ्नुस् ः

चीनले गण्डकीमा गाईको नमूना फार्म स्थापना गर्ने सम्झौता

You might also like

Leave A Reply

Your email address will not be published.