तराईका जिल्लाहरुमा चैते धान रोपाईँ शुरु

चितवन । तराई मधेसका विभिन्न ठाउँमा चैते धान रोपाईँ शुरु भएको छ ।

सिँचाई सुविधा भएका तराईका चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरुमा धान रोपाईँ शुरु भएको छ ।

वर्षातको समयमा आकासे पानीमा निर्भर भई खेती गर्ने ठाउँमा भने चैते धान रोपाईँ गरिदैन ।

खोला तथा नदीको पानी सिँचाई सुविधा भएका ठाउँ तथा बोरिङबाट सिँचाई गर्ने ठाउँमा फागुनको अन्तिम सातादेखि नै धान रोपाईँ शुरु भएको छ ।

असारमा पुनः धान रोपाईँ गर्नुपर्ने भएकाले त्यस अगाडि नै पाक्नुपर्ने भएकाले सिंचाई योग्य खेतमा किसानहरु धान रोपाईँ गर्न हतारिएका हुन् । चैते धान चिउराका लागि उत्तम मानिन्छ । बजारमा महंगोमा विक्री हुने टाइचिन चिउरा अहिले लगाइने चैते धानबाट नै तयार गरिन्छ ।

धान नरोप्ने ठाउँमा भने यतिबेला मकै लगायतका खेती गर्ने गरिन्छ ।

You might also like

Leave A Reply

Your email address will not be published.