प्राङ्गारिक कृषि विधेयक टेबुल
सैद्धान्तिक छलफल सकियो
सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकमा प्राङ्गारिक कृषि समबन्धी विधेयक टेबुल गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ बैठकमा टेबुल गरेकी हुन् ।
प्रदेश सभाको बैठकमा ‘कर्णाली प्रदेश सार्वजनिक प्रसारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।
प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले प्रकाशनसँग सम्बन्धित विधेयकलाई यसै विधेयकमा समावेश गरेर ल्याउने हो सरकारले प्रष्ट पार्नुपर्ने बताइन् । फेसबुक र सामाजिक सञ्जालले समाजमा विकृति ल्याएकाले यसलाई नियमन गर्ने खालको कानूनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, “परिवारका सदस्यले सँगै बसेर हेर्न नमिल्ने खालका कार्यक्रम आइरहेकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ ।’’
अर्का प्रदेशसभा सदस्य विन्दमान विष्टले मन्त्रालय सबैको अभिभावकको हुनुपर्ने र हरेक गतिविधि नियमन गर्न अलग्गै निकायको व्यवस्था गर्नुपर्ने सु्झाव दिए । विधेयकमा सञ्चारमाध्यममा रहने पत्रकारको अवस्था र उनीहरुको लागि क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझाव दिए ।