राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु

काठमाडौं । राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०७५ शुक्रबारदेखि केन्द्रीय राजधानीमा सुरु भएको छ ।

प्राङ्गारिक कृषिउपजहरुकाबारेमा जानकारी दिने उद्देश्यले ललितपुरस्थित जावलाखेल मैदानमा मेला आयोजना गरिएको हो । मेलामा देशैभरि उत्पादित विभिन्न खाद्यवस्तुहरु राखिएका छन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन एवं बजारीकरणमा सहयोग गर्न मेला आयोजना गरिएको आयोजक कृषि पूर्वाधार विकास तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्रले जनाएको छ ।

मेलामा विभिन्न १२५ स्थानीय खाद्य स्टल राखिएका छन् ।

विषादीयुक्त खानाले विभिन्न रोग देखापरेको भन्दै प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ कृषि अर्थशास्त्री वासुदेव शर्माका अनुसार मेलामा कृषि उत्पादनमा प्राङ्गारिक वस्तुहरुको प्रयोगबारे पनि जानकारी छ । मेला आगामी आइतबारसम्म चल्नेछ ।

You might also like

Leave A Reply

Your email address will not be published.