कृषि क्षेत्रको सुधारका लागि चाक्लाबन्दी खेती आवश्यक

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँडले खेतीयोग्य जग्गा एकीकृत गरी चाक्लाबन्दी खेती गर्नुपर्नेमा जोड दिएका छन् ।

दुई दिनसम्म चलेको साना किसान सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेता खाँडले कृषि क्षेत्रको उत्पादन बढाउन खण्डित जग्गालाई व्यवस्थित गर्दै एकीकृत खेती गर्न सके कृषि क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताए ।

सरकारले अगाडि सारेको कृषि विकास रणनीति अनुसार काम गर्ने उपयुक्त मध्यायम सहकारी रहेको भन्दै सहकारीले कृषि उत्पादन र समाज सुधारमा ठूलो सहयोग गरेको उनले बताए । नेता खाँडले प्रसस्त सम्भावना रहेको कृषि क्षेत्रको विकासका लागि सरकारले सहकारीमार्फत कृषि विकासका कार्यक्रमहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

यसैगरी, कार्यक्रममा नेकपाका नेता राजेन्द्र पाण्डेले गरिवी निवारण, खाद्य सुरक्षा, महिलाहरुको नेतृत्व विकास तथा तथा सचेतनाका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । सरकारले कृषि विकासका लागि अगाडि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनकालागि कृषि सहकारीले गरेको सहयोगलाई राज्यले उचित सम्मान गर्नुपर्नेमा जोड दिए ।

विषादीरहित खाद्यन्न उत्पादनका लागि कृषि सहकारीका सदस्यहरुको प्रयासलाई सरकारका ती वटै तहले सहयोग गरे मानिसमा देखिने धेरै संक्रमणको कम हुने नेता पाण्डेको भनाइ छ ।

यसैगरी, राजपाका नेता चन्द्रकान्त चौधरीले समुदायस्तरबाटै सदस्यहरुलाई अगाडी बढाएका साना किसान कृषि सहकराी संस्थाहरुलाई राज्यले उचित सम्मान गर्नुपर्नेमा जोड दिए । उनले तराई क्षेत्रका सदस्य किसानहरुको अर्थिक, सामाजिक, सचेतनाको साथै कृषि उत्पादन र उत्पादकत्वमा बढाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

सम्मेलनमा देशभरका १ हजार साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय प्रतिनिधि गरी १२ सय जनाको सहभागिता थियो । सम्मेलनमा विभिन्न विधामा २८ वटा भन्दा बढि कार्यपत्र प्रस्तुत भएका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.