विरुवा विक्रीबाट लाखौंको आम्दानी

पश्चिम नवलपरासीको सुनवलका एक किसानले तरकारी र फलफुलका विरुवा विक्रीबाट लाखौं रुपियांको आमदानी गर्न सफल हुनु भएका छन् ।

पश्चिम नवलपरासी सुनवल नगरपालिकाका अगुवा किसान विमल ढकालले यस वर्षको तरकारीको मौसम शुरु हुना साथ उन्नत प्रजातिका तरकारी र फलफुुलका विरुवा उत्पादन गरि विक्रीबाट लाखौं रुपियांको आमदानी गर्न सफल भए ।

सुनवल नगरपालिकाको वार्ड नम्बर ३ किर्तीपुरस्थित नर्सरीबाट पछिल्लो दुई महिना भित्रमा मात्र उन्नत प्रजातिका विभिन्न प्रकारका तरकारी र फलफुलका विरुवा विक्रीबाट दुई लाख भन्दा बढी रकम आम्दानी गर्न सफल भएको श्रमजिवी कृष्क समुहका किसान विमल ढकालले बताए ।

केही विरुवा बरखा सकिय पछि र केही विरुवा भदौको अन्तीम हप्तादेखी उत्पादन गर्न  ढकालले अहिलेसम्म फलफुलतर्फ लिची, कटहर, कागती, आप, अम्बा लगाएतका विरुवा उत्पादन गरि विक्री वितरण गर्नु भएको छ भने तरकारी तर्फ खुर्सानी, भान्टा, टमाटर, पात गोवि, फुलगोवि, ब्रोकाउली, उन्नत प्रकारको साग, लगाएतका तरकारीहरुको विरुवा उत्पादन भई विक्री गरिएको बताए ।

यी विरुवा विक्रीबाट अहिलेसम्म दुई लाख भन्दा बढीको आमदानी गर्न सफल भएको बताएका छन ।

वर्षौतको मौसम सकिएपछि तरकारी र फलफुलका विरुवा उत्पादन शुरु भएका किसानले पछिल्लो भदौको अन्तीम हप्तादेखी अहिलसम्म फलफुलका सयौं र तरकारीका हजारौं विरुवाहरु उत्पादन गरि विक्री गरीएको बताए । सुनवलको बनकटटीमा उत्पादन गरीएका तरकारी र फलफुलका विरुवाहरु सुनवलको विसासय, किर्तीपुर, भुमही, स्वाठी लगायतका स्थानका किसानहरुले लैजाने गरेकाछन् वर्दघाट, परासी, गोपीगंज, त्रिवेणी, रुपन्देहीको खैरहनी, बुटवल भैरहवा लगाएतका स्थानबाट किसानहरु उन्नत प्रजातिको विरुवा लिनका लागि आउने गरेको अगुवा किसान ढकालले बताए ।

CTEVT बाट फलफुल तथा नर्सरी ब्यवस्थापनमा छोटो समयको कोर्ष पढि कृषि पेशामा लागेका किसान ढकाल यस क्षेत्रका आठ दश जना अगुवा किसान मध्य एक सफल किसान भएको सुनवल नगरपालिकाका कृषी विकास अधिकृत रिमबहादुर थापाले बताए ।

रासायनिक मलको प्रयोग विना नै प्रांगारिक वा गाईवस्तुको मल प्रयोग गरि विरुवा उत्पादन गर्ने र उन्नत जातका विरुवा हुने भएकाले विरुवामा कम रोग लाग्ने, उत्पादन बडि हुने भए पछि किसानहरुले यही नर्सरी खोजदै आउने गरेको विमलकी श्रीमाति सावित्रा ढकालले बताइन् । पछिल्लो वर्ष केही संख्यामा लगिएका तरकारी विरुवाले राम्रो उत्पादन दिए पछि पुनः यस वर्ष पनि यसै नर्र्सरीबाट विरुवा लैजन आएको रुपन्देही देवदहका एक किसान अनिरुद्र पौडेलले बताए ।

भारतीय सिमानासंग जोडिएको नवलपरासीको दक्षिण तर्फका बजारहरुमा उन्नत प्रजातिको भन्दै भारतीयहरुले समान्य प्रकारकारका विरुवा विक्री गर्दै आएको अवश्थामा पछिल्ला केही वर्ष देखी नेपाल तर्फका केही किसानहरुले उत्पादन गरेका उन्नत प्रजातिका विरुवाले राम्रो स्थान पाउन थालेका छन ।

sorce: daunnenews

Leave a Reply

Your email address will not be published. Required fields are marked *