नेपाली कफीः न आत्मनिर्भर, न आशलाग्दो उत्पादन

पोखरा । पछिल्लो एक दशकदेखि नै सुनिँदै आएको शब्द हो, ‘नेपालमा कफीको प्रचूर सम्भावना छ ।’ केही वर्षयता ‘विदेशी बजारमा नेपाली कफीको माग बढ्दो’ शीर्षकमा समाचार छाइरहेका छन् ।

जापान, जर्मनी, कोरिया, अमेरिका लगायतका देशमा नेपाली कफीको माग बढिरहेको सरकारी अधिकारीहरु बताउँछन् । नेपाली कफीलाई उच्चकोटीको मानिँदै आएको छ । तर, उत्पादन र कारोबारका हिसाबले नेपाली कफी धेरै पछाडि रहेको तथ्यांकले देखाउँछ ।

नेपाली कफीको न आश लाग्दो उत्पादन छ न निर्यात बढ्दो छ । नेपालमा महंगो विदेशी कफी आयात हुन्छ र सस्तोमा नेपाली कफी निर्यात हुन्छ । गएको आर्थिक वर्षमा ९ करोड ३७ लाख २५ हजार रुपैयाँ बराबरको कफी आयात गर्दा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँको कफी निर्यात भएको छ ।

गत वर्षको तुलनामा कफीको आयात ६४ प्रतिशतले बढेको छ भने ११ प्रतिशतले निर्यात घटेको तथ्यांकले देखाएको छ ।

sorce: onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *