गोलभेडा खेतिमा डढुवा लागेपछि…

बैतडी । बैतडीको डिलसैनी गाउँपालिका–६ गोकुलेश्वरका किसानले लगाएको गोलभेडा खेतिमा डढुवा लागेको छ । गोलभेडामा डढुवा रोग लागेपछि किसानहरु चिन्तित भएका छन् ।

फल टिप्ने बेला गोलभेडामा डढुवा रोग लागेपछि व्यायवसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरु चिन्तित बनेका हुन् । रोगले गोलभेडा नष्ट भएपछि ५ रोपनी जमिनमा गोलभेडा लगाएका किसान हरिश नाथले करिब डेढ लाख बराबरको क्षति भएको बताएका छन् ।

डिलसैनी गाउँपालिका–६ चौंसेरामा ५० रोपनी भन्दा बढी जमीनमा लगाइएको गोलभेडा यस्तो रोगबाट बढी प्रभावित भएको हो । ‘बेमौसमी गोलभेडाबाट निकै कमाइ हुन्थ्यो । यो बर्ष डढुवाले सबै सखाप पारिदिँदा आफूहरु मर्कामा परेको किसान प्रेमसिंह माल बताए ।
‘डढुवाका कारण दुई लाख बढीको क्षति भएको उनले बताए छ ।

यस वर्ष छिटै चिसो सुरु भएको र रातीमा पर्ने तुसारोले डढुवाको संक्रमण बढेको किसान परमानन्द माल बताउँछन् । गोलभेडामा डढुवा लागेपछि किसानहरुले लगाएको खेतमा गोलभेडाका दाना काला हुन थालेका छन् । गोलभेडाको बोट र फल मर्न थालेको किसानहरु बताउँछन् ।

एक बोटबाट सुरु भएको डढुवा छोटो समयमै पूरै खेतमा फैलिन थालेपछि संक्रमणकै रुपमा लिएको किसानहरु बताउँछन् । व्यवसायीक तरकारी खेती नष्ट भएपछि किसानले क्षतिपुर्ति पाउनुपर्ने माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *