कृषि प्रवद्र्धनका लागि विशेष नीति ल्याउने तयारी

नवलपरासी, १३ पुस । कृषि मन्त्री चक्रपाणी खनालले नेपालको कृषिलाई व्यवसायिक र आत्मनिर्भर वनाउन सरकारले विशेष नीति ल्याउने तयारी भईरहेको बताएका छन् । मध्यविन्दु उद्योग वाणिज्य संघले अरुणखोलामा सञ्चालन गरेको प्रथम मध्यविन्दु महोत्सवको शुक्रबार उदघाटन गर्दै मन्त्री खनालले कृषकको वित्तीय क्षेत्रमा पहुंच पुग्न नसकेकाले सहज अनुदान, ऋण लगानी गर्न नसकिएको स्वीकार गरे । उनले सरकारले छिट्टै नै किसान वैंक स्पापना गर्ने उल्लेख गरे ।
नेपालबाट विदेशिएका युवालाई स्वदेश फर्काउने मुख्य आधार नै व्यवसायिक कृषि र पर्यटनको विकास भएकाले सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखिएको उनको भनाई छ ।
नेपालको कृषि क्षेत्रलाई प्रवद्र्वन गर्न अन्य देशबाट कृषिजन्य वस्तु निर्यातमा रोक्ने, टुक्रा जमिन एकीकृत गरि सहकारी मार्फत काम गर्ने, देशभरि १ सय ५० वटा कोल्ड स्टोर वनाउने, भूमि व्यवश्थापनका लागि शक्तिशालि उच्च आयोग गठन गरि कार्य गर्ने सरकारको योजना रहेको मन्त्री खनालले बताए ।
महोत्सव उद्घाटनअघि वृहद्व झांकी प्रदर्शनी गरिएको थियो । राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय वस्तु, कृषिजन्य वस्तु, होटल लगायत २ सय भन्दा बढी स्टलहरु प्रदर्शनीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *