ब्यवसायीक किसानको आफ्नै डेरी

नवलपुर । पूर्वी नवलपरासी जिल्लाको कावासोतीका ब्यवसायीक पशुपालन किसानहरुले दुग्ध डेरी सञ्चालनमा ल्याएका छन् ।

नयाँ वर्ष २०७६ सालदेखि कावासोतीमा खाँटी दूग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । वैशाख १ गते औपचारिक कार्यक्रम गरी डेरी सञ्चालनमा ल्याएको डेरी अध्यक्ष हरीप्रसाद पंगेनीले बताए ।

कावासोती नगरपालिकाभित्रका २५ जना भन्दा बढी ब्यवसायीक किसानहरुले डेरी सञ्चालनमा ल्याएका हुन् । कावासोतीमा क्रियाशिल रहेको नमुना बहुउद्देश्यीय सहकारी संस्थाको मातहतमा रहने गरी सञ्चालनमा ल्याएको यो डेरीले विशेष गरी भैंसीको दूध विक्री वितरण गर्ने र दूधमा गुणस्तर कायम गर्ने प्रतिवद्धता जनाएको छ ।

डेरी उद्घाटन कार्यक्रममा बोल्दै कावासोती १० का वडाअध्यक्ष जीतनारायण महतोले युवाहरुको सक्रियतामा भएको यो कार्य स्रहानीय भएको बताए ।

किसानले उत्पादन गरेको दूध विचौलियाबाट मुक्त गरी सिधैं उपभोक्तासम्म पुर्याउने उद्देश्यले डेरी सञ्चालन गरिएको सचिव नारायण पंगेनीले बताए ।

नमुना बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कमला लम्सालले ब्यवसायीक पशुपालन गर्दै आएका उद्यमी युवाहरुको सक्रियतालाई आफूले उच्च सम्मान गरेको भन्दै डेरी सञ्चालनमा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता जनाइन् ।

You might also like

Leave A Reply

Your email address will not be published.