मौरीपालन कसरी गर्ने ?


  रेनु थापा

मौरी :
‘मौरी’ अत्यन्तै अनुशासित, परिश्रमी र नीति पालना गर्ने कीरा हो । मौरी कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो। यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठूलो भूमिका खेलेको हुन्छ।
मौरीको नृत्यलाई अंग्रेजीमा व्यागल डान्स भनिन्छ। मौरीले पहेंलो रंग छुट्याउन सक्दैन र यसले परावजैनी नवलपुरकिरण पनि देख्न सक्छ।

मौरी पालनः
मौरीपालन एक कृषि पेशा हो। यो पेशा महका साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा १५,००० बर्ष अघिदेखि जगंली मौरीबाट मह संकलन गर्दै आएका थिए तर आज भन्दा ४,५०० बर्ष अघिदेखि मौरीलाई घरमै पाल्न थलियो।त्यसबेला सदन छुरि र धुवाको प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो।

     

१८ औं शताब्दीमा युरोपियन नागरिकहरूले मौरीको बारेमा बुझ्दै पेशालाई सन् १८५१ मा आधुनिक घारको निर्माण गरे, जस्मा मौरीलाई असर नपु¥याई वा नष्ट नगरी मह निकाल्न सकिन्थ्यो । यस पेसाका लागि धेरै जग्गा वा लगानीको अवश्यकता पर्दैन। यो पेसा कम मेहेनतले पनि सजिलै गर्न सकिन्छ ।

मौरीको २०,००० भन्दा बढी प्रजातिहरू छन्। यि मध्ये धेरै शान्त स्थानमा वा एक्लै बस्न मन पराउछन्। केही मौरीहरू जंगली हुन्छन् जस्तैः खागो (खाग)।

मौरीपालन सामजिक मौरीको प्रजातिलाई पाल्नु हो, जसमा १,००,००० वटा मौरी हुन्छन् । विश्वमा खाद्य उत्पादन र खाद्य सुरक्षाको जिम्मा मौरीले लिएको मानिन्छ। किसानहरूका लागि मित्र किराको नामले चिनिने मौरीले विश्वका सात अर्ब मानिसले दैनिक उपभोग गर्ने तेल, दाल, चामल, फलफूल, मसला लगायतका वस्तुहरूलाई परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकैसाथ गरिरहेको हुन्छ।

पछिल्लो समय विभिन्न कारणले विश्वमै मौरी घट्दै गएको तथ्याङक्हरु सार्वजनिक भइरहेका छन्। विकसित तथा विकासोन्मुख मुलुकका सरकारले माहुरी विनाको मानव समाजको कल्पनाबाट सचेत भएर माहुरी नीतिमा लगानी बढाएका छन्। नेपाल भने निजी र सहकारी क्षेत्रको माहुरीपालनमा मात्र सन्तुष्ट भएर बसेको छ । सरकारी तवरबाट खासै त्यस्ता प्रकृतिका योजनाहरुको पहलकदम लिइएको छैन।

नेपालमा व्यवसायिक रुपमा ५ सयको हाराहारीमा मौरी पालक कृषक छन् । 
मौरी पालनका लागि आवश्यक बस्तु
घारको व्यवस्थापनः
मौरीले शान्त ठाउँ मन पराउँछ । त्यसैले मौरीको घार धेरै हल्ला हुने तथा धेरै हावा लाग्ने स्थानमा बनाउनु हुँदैन । मौरीले फूलबाट मह बनाउने भएकाले फूलबारी छेउमा मौरीको घार राख्दा उचित हुन्छ । 
दानापानीको व्यवस्थापनः
मौरी यस्तो जीव हो जसले आपूmलाई आवश्यकता पर्ने खाना आफै व्यवस्थापन गर्दछ। यदि घर नजिक फुलबारी तथा तोरीबारी छ भने पनि मौरीको घारलाई नजिक राखि दिनु यसो गर्दा मौरीलाई रस जम्मा गर्न सजिलो हुन्छ। त्यस्तै गरी मौरी पालनका लागि धुवा आउने बस्तु वा स्मोकेर र सुरक्षित लुगा पनि आवश्यक पर्छ ।
मह र मैनको प्रयोगः
– मैनलाई मैनबत्ति बनाउन, मुर्ति बनाउन जस्ता कार्यमा प्रयोग गरिन्छ ।
– मह र मैनलाई औषधि बनाउन प्रयोग गरिन्छ ।
–महलाई औषधिको साथमा सेवन गरिन्छ ।
मौरी चोपः
मौरीको रुखको बोक्रा, हंगाबिगा तथा कलिला कोपिलाहरुबाट एक प्रकारको तरल पदार्थ उत्पादन गर्छ, जसलाई चोप भनिन्छ । मौरीले चोप संकलन गर्दा ¥याल र मौन मिसाएर मौरी चोप बनाउँछ । 
मौरीको चोपबाट फाइदाहरुः
सोरेसिस, मधुमेहको खुट्टाको घाउ, पे्रसर अल्सर, मुख गनाउने रोग,नङ कुहिने रोग, जोर्नी दुःखाइ, रक्त क्यान्सर आदीलाई लाभ पुराउँछ।
महमा विभिन्न प्रकारका रासायनिक तत्वहरु पाइन्छन्। महमा ७० देखि ८० प्रतिशत मात्रामा चिनि हुन्छ। 
महले बाहिरी घाउमा पाइने हानिकारी ब्याक्टेरियाहरु मार्छ। 
फाइदाः
मस्तिष्क क्यान्सर लाग्दैन। स्मरण शक्ति बढाउँछ । मह घाउमा लगाउँदा छिटो निको हुन्छ ।
कुटः
कुट प्रकृतिले दिएको एक सर्वोत्तम पोषिलो आहारा हो । मानिसलाई चाहिने प्रायःसबै खालका पोषक तत्व कुटमा पाइन्छ।
फाइदा
कलेजोको रोग र पोस्ट्रेट क्यान्सर निको हुन्छ ।
शाही खाना
कर्मी माहुरीको शिर ग्रन्थीबाट निस्कने एक प्रकारको ¥याल हो। यो तिन दिनभन्दा कम उमेरका माहुरीको बच्चाहरुलाई खुवाउने गरिन्छ। त्यसकारण यसलाई माहुरीको दुध भनिन्छ । 
फाइदा
बुढ्यौली र चाउरीपना घटाउँछ । कोलेस्ट्रोल घटाउँछ । हड्डी खिइने रोग, कलेजोको रोग, मृगौलाको रोग र गर्भधारणमा सहयोग गर्छ । 
महको फाइदा र बेफाइदा
मह आफैंमा एउटा शक्ति हो। यसलाई जुन चिजसँग मिलाइयो त्यसको शक्तिलाई यसले दुई गुणा बढी बढाइदिन्छ। 
विषसँग मह मिसाउँदा झन् विषको शक्ति बढ्छ। 
महको मात्रा शरीरमा बढी भएमा मानिस आत्तिने, निसासिने, छाती पोल्ने जस्तो हुन्छ। 
एक लाख मानिसमा एक जनालाई मौरी र महको ऐलर्जी हुने गरेको पाइएको छ । 
मौरीको आयु
मौरीको आयु मौरीको प्रजातिले फरक पर्छ। साधारण र भाले मौरीको तुलनामा रानीमौरीको आयु बढी हुने गरेको छ। रानीमौरीको आयु पाँच वर्ष हुन्छ। 
रानी मौरी ३ दिनसम्म अण्डा अवस्थामै रहन्छ ५ दिनमा लार्भा बन्छ, ८ दिनमा प्युपा, १६ दिनमा वयस्क भएर १६ देखि १८ दिनभित्र पूर्ण रुपमा रानी मौरी बन्छ। मेलिफेरा जातको मौरीको आयु जम्मा छ हप्ता हुन्छ भने भाले मौरीको ६५ दिन। मौरीलाई कामको भारी जति भयो त्यसको आयु घट्ने एक अध्ययनले बताएको छ ।
मौरीलाई लाग्ने रोग
मानिस बाँच्ने ठाउँमा मौरी सजिलै बाँच्न सक्छ । 
नेपालको सन्र्दभमा मौरीकोे ठूलो रोगको प्रकोप आइसकेको छैन । तर मौरीमा सुल्सुली माइट रोग लाग्ने गरेको पाइएको छ।
मौरी व्यवसायमा हुने समस्या
मौरीपालन झन्झटिलो व्यवसाय हो। 
मौसम परिवर्तन भए सँगै मौरीलाई एक ठाउँबाट अर्को ठाउँ लग्नुपर्ने भएकाले प्रायः मानिसले मौरीपालनलाई व्यवसायिक हिसाबले अगाडि बढाउन सकेका छैनन्। 
चैत बैशाखमा फूल नफूल्ने भएकाले मह निकाल्न गाह्रो हुन्छ । हिउँदमा तराइमा माइग्रेट गर्नु पर्न भएकाले समस्या आउने गरेको छ । घार सहित गाडीमा लग्दा त्यस भित्रको तापक्रम बढी हुने भएकाले मौरी मर्ने सम्भावना रहेको हुन्छ । मौरीको लागि २० देखि २२ डिग्री सेल्सियस उचित रहन्छ तर गाडीमा भित्रको तापक्रम बढी हुने भएकाले मौरी मर्ने गरेको छ । 
माइग्रेट गरेर अन्य ठाउँमा लैजाँदा समस्या पर्छ। 
‘हिउँदमा अरुको जग्गामा लगेर राख्नुपर्छ,तपाईंहरु हाम्रो ठाउँमा नआउनु भन्ने कुराहरु त हाम्रो लागि सामान्य भइसक्यो, कतिपय ठाउँमा विष राखेर मौरीलाई मारिदिन्छन् ।
नेपाली बजारमा महः
नेपालमा उत्पादित मह विदेशी महको तुलनामा मह·ो हुने गरेको छ । स्वदेशी महको एक केजीको ६ सय ३० रुपैयाँ पर्छ । विदेशको मह सस्तो हुने भएकाले नेपाली बजारमा नेपाली महको व्यापार नहुनु प्रमुख कारण हो।

स्वदेशी मह विषादी रहित अर्गोनिक भएपनि बजार व्यवस्थापन र विज्ञापन नभएकाले बिक्री राम्रो भने छैन्। मौरीपालन र मह बिक्रीको प्रचार हुन सकेको छैन। कृषिमा कर छुट भए तापनि महको बजार व्यवस्थापनमा कर लगाइने गरेको छ। 
नेपाली मह व्यापारीले मल्टिनेशनल कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने पहुँच छैन। नेपालमा मात्र नभएर विदेशमा पनि नेपाली महको बजार राम्रो हुन सक्छ । तर श्रोत, साधन र पहुँच नभएकाले विदेशमा निर्यात गर्ने अवस्था रहेको छैन । इयु ले मान्यता नदिने भएकाले पनि नेपालको मह विदेशी बजारमा फस्टाउन सकेको छैन।

पहिला र अहिले मह व्यवसायमा फरक
२०५० सालमा मह औषधीको रुपमा मात्रै यसको प्रयोग हुने गरेको थियो तर अहिले मानिसले दैनिक रुपमा यसको प्रयोग गरेको पाइन्छ। उपभोक्ताको हिसाबले अहिलेको समयमा महको व्यापार बढ्दै गएको छ । पहिले एउटा पसलमा नि मह हुन्थेन्, अहिले नेपाली मह बजारमा देख्दा म द· छु।

थोरै मात्रामा महको उत्पादन हुने भएकाले नेपाली बजारको हरेक पसलमा मह देखिँदैन । 
मह मेलाले स्वदेश तथा विदेशमा नेपाली महको पहिचान बढाएको छ।
मह व्यवसायमा सरकारको भूमिका
माहुरीलाई सरकारी निकायहरुले एउटा किराको रुपमा लिने गरिएको छ। सरकार तथा सरकारी निकायहरुले मह व्यवसाय र मह व्यवसायीलाई खासै जोड दिने गरेका छैनन् । सरकारी तहबाट केही पनि पहल भएको छैन । 
व्यवसायी हिसाबले राम्रो स्रोत र साधन भएको भएपनि सरकारले बेवास्ता गरे पछि व्यवसायिक रुपमा अगाडि बढ्न सकेको छैन ।

किसानले स–सानो लगानीमा थोरै–थोरै मह उत्पादन गरे पनि स्थानीय सरकारले ठूलो लगानी गर्नुपर्छ । त्यसकारण, आधुनिक प्रविधि सहितको मह संकलनमा व्यक्तिगत वा संस्थागत लगानीबाट नेपाली मह उत्पादक कृषकलाई अन्तराष्ट्रिय बजारसँग जोडेर मुलुकमा समृद्धि भित्र्याउने राष्ट्रिय नीति आवश्यक छ । 
मह व्यवसायलाई उद्योगमा व्यवसायीकरण गर्नुपर्ने छ। जीविकोपार्जनमा मात्र लागेको सरकारले व्यवसायिक रुपमा मौरी पाल्ने व्यवसायीहरुलाई प्रोत्साहन गनुपर्छ । राज्यले संरक्षणमा जोड दिए पनि नयाँ प्रविधि भित्र्याउँन पहल भने गरेको छैन् । 
सरकारलाई हामीले मौरीको महत्व बुझाउन नसकेको हो कि, सरकारले महत्व बुझ्न नखोजेको हो, त्यसमा हामी आफै अन्यौलमा छौ।

You might also like

Leave A Reply

Your email address will not be published.