कावासोतीमा बन्ने भो एक करोडको डीप बोरिङ्

नवलपुर । कावासाती समावेशी चोकमा एक करोडको लागतमा डिप बोरिङ निर्माण कार्य शुरु भएको छ ।

मंगलबारबाट बोरिङ निर्माण शुरु भएको उक्त बोरिङको लागत १ करोड रहेको कावासोती डिप बोरिङ उपभोक्ता समितिका कोषाध्यक्ष टंक लुइटेलले बताए ।

लुइटेलका अनुसार मन्त्रालय र स्थानीयको सहभागितामा निर्माण कार्य शुरु भएको हो । डिप बोरिङ निर्माणका लागि सम्पूर्ण सामग्री र उपकरण आएसँगै निर्माण कार्य शुरु गरिएको हो ।

१० इन्चको पानी दिने डिप बोरिङ निर्माण कार्य डेढ महिनामा सकिने जनाइएको छ । यो बोरिङ निर्माण कार्य सकिएपछि यहाँका २ सय विगाहा जमिनमा सिचाई सुविधा पुग्ने बताइएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.