कुखुरा व्यवसायी संघको अध्यक्षमा अधिकारी

हेटौंडा । मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा राजु अधिकारी निर्वाचित भएका छन् ।

बिहीबार भएको संघको १२ औं साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि निर्वाचित अधिकारीको नेतृत्वमा २३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा प्रतिमा श्रेष्ठ, द्धितीय उपाध्यक्ष राजेन्द्र मैनाली, तृतीय उपाध्यक्षमा गोकुलनाथ पौडेल निर्वाचित भएका छन् ।

संघको महासचिवमा श्यामशुन्दर परियार, सचिवमा गम्भीर न्यौपाने, कोषाध्यक्षमा गोविन्द सापकोटा र सहकोषाध्यक्षमा प्रकाश दाहाल सर्वसम्मत चयन भएका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.